ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ ।
स्वयम्भू मन्दिर परिसरमा वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरेका थिए । नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम छ ।
पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिने छ ।
आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरि र्याली सम्पन्न हुनेछ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ ।
सात राष्ट्रको सहभागितामा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् । सागको मंसिर १५ मा उदघाटन र २४ गते समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा