दुई स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । बिहीबार साँझ दुई छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । मृत्तक दाङस्थित कृषि ज्ञान केन्द्रका कर्मचारी रहेको जनाइएको छ ।
लमहीबाट घोराही जाँदै गरेको रा१ब ४८७ नम्बरको मोटरसाइकललाई रा१ख १२७१ नम्बरको टिपरले बिहीबार साँझ पौने ६ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिका–३ मा पनि बिहीबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ४२ वर्षीया विष्णु माया बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।
साँझ सवा ६ बजे पैदल हिँडिरहेकी बस्याललाई लु२ख २४१५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
धनुषामा ट्रकको ठक्करबाट मृत्यु
यसैबीच धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार राति ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । स्थानीय पुर्णबहादुर श्रेष्ठकी २० वर्षीया छोरी दिपाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी दिपालाई उपचारको लागि अस्पताल पु-याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
राति पौने ९ बजे पैदल हिडीरहेकी उनलाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि सवारी साधनसहित फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा
-
भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा भट्टराई
-
कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?