मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मीटूको असरः ‘इन्डियन आइडल’ बाट निकालिए अनु मलिक

शुक्रबार, ०६ मङ्सिर २०७६, ०९ : ३६
शुक्रबार, ०६ मङ्सिर २०७६

भारतीय संगितकार अनु मलिकलाई रियालीटी शो ‘इन्डियन आइडल’बाट निकालिएको छ । उनलाई यौन शोषण गरेको आरोप लागेको कारण शोबाट निकालिएको हो ।

बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो । 

आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो । 

 

गायिका सोनाले महिला तथा बालबालिका विकास मन्त्री ईरानीलाई सानी टेलिभिजनमाथि प्रश्न उठाउँदै खुल्ला पत्रमा लेखेकी थिइन, ‘ती संस्थाको के, जसले यस्ता आरोपीलाई काम गर्न दिन्छन् । यसमध्ये सोनी टेलिभिजन पनि एक हो । जसले थुप्रै महिलाहरुले लगाएको आरोपको वेवास्ता गर्दै अनु मलिकलाई अनुबन्ध गर्छ । यसमाथि तिनै व्यक्तिलाई ‘इन्डियन आइडल’को निर्णायक बनाइदियो ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप