बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्ना पूर्व स्टार बेलप्रति  मोउरिन्होको चासो,  टोट्टनहाम फर्काउने तयारी

शुक्रबार, ०६ मङ्सिर २०७६, ०८ : ५०
शुक्रबार, ०६ मङ्सिर २०७६

स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्र«ाईकर ग्यारेथ बेलले यस सिजनको सुरुवाततै रियल छाड्न चाहेका थिए । प्रशिक्षक जिनेदिन जिदान पुनः  रियलको प्रशिक्षकमा फर्किएपछि बेल जिदानको तारोमा परेका थिए । जिदान र बेलको सम्बन्ध त्यति राम्रो थिएन । बेललाई महत्वपूर्ण खेलमा जिदानले बेन्चमै राखे ।

त्यसैले बेल चिनियाँ क्लबमा महंगो मुल्यमा अनुबन्ध हुन चाहन्थे । अन्तिममा रियलको ब्यवस्थापनले बेललाई चीन जानबाट रोकेको थियो । बेल अहिले पनि रियलमा त्यति सन्तुष्ट छैनन् । चर्चित प्रशिक्षक जोसे मोउरिन्हो टोट्टनहामको प्रशिक्षक बन्नासाथ बेललाई टोट्टनहाम फर्काउने चर्चा सुरु भएको छ । रियलका पूर्व प्रशिक्षक समेत रहेका मोउरिन्होले आफ्ना पूर्व स्टार बेलप्रति चासो देखाएका छन् ।

बेललाई मोउरिन्होले टोट्टनहामबाटै रियल लगेका थिए । बेल र मोउरिन्होको सम्बन्ध राम्रो रहेकोले पनि बेल टोट्टनहाम फर्कने र उनको समस्या समेत समाधान हुने बताईएको छ । ३० बर्षीय बेल सन् २०१३ मा टोट्टनहामबाटै रियलमा गएका थिए । मोउरिन्हो सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा रहँदा पनि बेललाई युनाइटेड लैजाने प्रयास गरेका थिए ।

चार पटक रियललाई च्याम्पियन्स लिग जिताएका बेलले रियलका लागि एक सय ६१ खेल खेल्दै ८० गोल गरेका छन् । उनी रियल आउनु अघि सन् २००७ देखि २०१३ सम्म टोट्टनहाममा थिए । उनले टोट्टनहाममा एक सय ४६ खेल खेल्दै ४२ गोल गरेका थिए । बेल वेल्स राष्ट्रिय टोलीमा महत्वपूर्ण खेलाडी हुन् । बेलको बेल्सले भर्खरमात्र सन् २०२० को युरोकपमा छनोट भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप