शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश फाइनलमा

बिहीबार, ०५ मङ्सिर २०७६, २१ : २९
बिहीबार, ०५ मङ्सिर २०७६

एजेन्सी । आयोजक बंगलादेश एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । ढाकामा बिहिबार भएको सेमिफाइनलमा अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । फाइनलमा बंगलादेशले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

फाइनल खेल शनिबार खेलिनेछ । अफगानिस्तानले दिएको दुई सय २९ रनको लक्ष्य बंगलादेशले ३९.५ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो  । बंगलादेशको जितमा सौम्य सरकारले ६१ रन बनाए ।

नाज्मुल सान्टोले ५९, अफिफ हुसेनले ४५ र यासिर अली चौधरीले ३८ रन बनाए । अफगानिस्तानका अब्दुल नुरीले दुइ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर दुइ सय २८ रन बनाएको थियो । 

अफगानिस्तानका डार्विस अब्दुल रासोलले एक सय १४ रनको शतकीय इनिङ खेले ।सायद शफाकले ३४ र तारिक स्टानीज्काईले ३३ रन बनाए । बंगलादेशका हसन महमुद र सौम्य सरकारले तीन तीन विकेट लिए । तान्भिर इस्लामले दुइ विकेट लिए । नेपाल यस प्रतियोगिातको समूह चरणबाटै बाहिरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप