शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मन्त्रीहरुसँगको पहिलो मन्त्रिपरिषद बैठक

बिहीबार, ०५ मङ्सिर २०७६, २० : ३०
बिहीबार, ०५ मङ्सिर २०७६


काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको छ । विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो । 

सरकारले लिएको नीति तथा कार्यक्रमबारे नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले केपी शर्मा ओलीले निर्देशन दिएका हुन् । नवनियुक्त ९ मन्त्रीले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण र पदभार सम्हालेका छन् ।

जसमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार सम्हालेका हुन ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जिम्मेवारी सम्हालेका छन् । बुधबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप