विद्यार्थीलाई कालापानी समेटेर नेपालको नक्सा बनाउन सिकाउँदै नेविसंघ
काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ ।
‘चिनौ सिमाना, जोगाउ माटो’ नाम दिइएको उक्त अभियान विहीबारदेखि सुरु भएको हो।
यस अभियान अन्तर्गत नेविसंघका नेताहरुले पहिलो दिन नेपालकै पहिलो विद्यालय दरवार हाइस्कूलका विद्यार्थीहरुलाई भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको इलाकालाई समेटेर नेपालको नक्सा तयार पार्न सिकाएका थिए ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपठीको टोलीले दरबार हाइस्कूलका माध्यमिक तहका विद्यार्थीहरुलाई अतिक्रमित कालापानी सहितको इलाका समेटेर नेपालको नक्सा तयार पार्न सिकाएको थिए ।
‘सरकारले विद्यार्थीहरुलाई नेपालको गलत नक्सा पढाइरहेको छ । कालापानी सहितको नक्सा अझैसम्म पनि सरकारले सार्वजनिक नगरेर भविष्यका कर्णधारहरुलाई नेपालको सीमानाबारे गलत जानकारी दिनु राष्ट्रघात हो । यो अभियान अन्तर्गत हामीले सरकारको गल्तीलाई सच्याउने प्रयत्न गरेका छौं । विद्यार्थीहरुलाई नेपालको सीमानाबारे सही जानकारी दिने हाम्रो प्रयास हो’, त्रिपाठीले भने ।
उनले यो अभियान लिएर नेविसंघ देशभरका विद्यालयहरुमा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण