शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मतदाताको भावनाअनुसार काम गर्छु :  रजनी केसी

बिहीबार, ०५ मङ्सिर २०७६, १९ : ३०
बिहीबार, ०५ मङ्सिर २०७६

पोखरा । कास्की क्षेत्र नं २ का साझा पार्टीका उम्मेदवार रजनी केसीले मतदाताको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ । 

बुधबारदेखि पोखरा–१५ मा उपनिर्वाचनलाई लक्षित गर्दै भइरहेको घरदैलो कार्यक्रममा ‘मत बदलौँ, मन बदलौँ’ भन्दै केसीले जनभावनाअनुरूप आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थपेको उनको भनाइ थियो ।

परिवर्तनको संवाहक बनेर देशका लागि अब वैकल्पिक शक्तिको रूपमा साझा पार्टी रहेको उनले बताए । 

पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनताले विकल्प खोजेको भन्दै अब साझा पार्टीबाट देश विकास सम्भव हुने धारणा राख्नुभयो । उहाँले साझा पार्टी भ्रष्टाचारविरुद्ध देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको प्रष्ट पारे । 

चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनको आग्रह थियो । आज पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप