शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेसेन्ट सेफ्टी मापदण्डअनुसार उपचार गर्न चिकित्सकलाई काउन्सिलको अनुरोध

बिहीबार, ०५ मङ्सिर २०७६, १८ : ०६
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आज छुट्टाछुट्टै सूचना जारी गर्दै चिकित्सक र नागरिक दुबै पक्षको ध्यानकर्षण गराएको छ । काउन्सिलले आज जारी गरेको सूचनामा नेपालमा केही समययता उपचारको क्रममा स्वास्थ्यकर्मी तथा बिरामीका आफन्तहरुबीच असमझ्दारी भई घटनाहरु आक्रामक हुँदै गएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ । 

साथै काउन्सिलले नागरिकलाई स्वास्थ्य सेवा चित्त नबुझ्दा अस्पताल तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि हातपात गर्नेभन्दा पनि कानूनी बाटो रोज्नको लागि आग्रह गरेको छ । चिकित्सकको सेवाको बारेमा कुनै गम्भिर गुनासो भएमा काउन्सिलमा उजुरी गर्न पनि अनुरोध गरिएको हो ।

काउन्सिलले सूचना जारी गर्दै बिरामीको उपचार, औषधीमा कमिशन लिने र दिने गरेको समाचारप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।  ‘कुनै पनि चिकित्सकले औषधि लेखेवापत अथवा कुनै विज्ञलाई प्रेषण गरेबापत थप सुविधा, कमिशन वा बोनस स्वीकार गर्नू’ काउन्सिलको आचारसंहिता विपरित भएको भन्दै यस्ता कार्य नगराउन र नगर्न दर्तावाला चिकित्सकहरुलाई अनुरोध गरेको छ । 

काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई उपचारको क्रममा पेसेन्ट सेफ्टीको मापदण्डअनुसार सेवा प्रदान गर्नको लागि पनि सूचना मार्फत अनुरोध गरिएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप