सकारका प्रवक्ताको प्रश्न : पैसाको चलखेल गरेर मन्त्री बनायो भनेर कसले आरोप लगायो ?
बिहीबार, ०५ मङ्सिर २०७६, १६ : ५४
काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पैसाको चलखेल गरेर मन्त्री बनेको कुरामा कुनै दम नभएको बताएका छन् । मन्त्रालयमा बिहिबार गरिएको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनलेपैसाको चलखेल गरेर मन्त्री बन्ने वा नबन्ने कसले आरोप लगायो थाहा नभएको बताए ।
उनले राजनीतिक निष्ठा, संघर्ष र निरन्तरको सेवाबाट मन्त्री बन्ने बताउँदै त्यस्तो आरोपमा कुनै दम पनि नभएको बताए । उनले प्रश्नकर्ता सञ्चारकर्मीलाई नै को सत्तापक्षको नेताले यस्तो भनेको भनेर प्रश्न गरे ।
उनले सुझाव दिए, ‘मनोवादिता नगरेर पत्रकारिकता गर्नुस् । सत्तापक्षको नेता भनेपछि पुष्टि गर्नुप¥यो । तपाई पुष्टि गर्न सक्नुहुन्छ ।’ उने सरकारको पुनर्गठन स्वभाविक कुरा भएको र यो पहिलोपटक गरिएको पुनर्गठन नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
-
अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति
-
शिक्षक आन्दोलनको १३ दिन : सरकार र शिक्षक दुवै नैतिक दबाबमा