उपनिर्वाचन तयारीबारे कुटनीतिक नियोगका पदाधिकारीलाई जानकारी
काठमाडौं– निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्य उपनिर्वाचनको तयारीबारे नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई जानकारी गराएको छ । निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथमा बिहीबार भएको कार्यक्रममा आयोगले आसन्न उपनिर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, बिश्वसनीय र मितब्ययी हुने स्पष्ट पारेको छ ।
कार्यक्रममा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, संयुक्त राष्ट्र संघ तथा अन्य अन्तराष्ट्रिय संगठनका प्रतिनिधि र विकास साझेदारहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जानकारी दिए ।
लोकतन्त्रको सुदृढीकरण र शुसासनका लागि आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तर्जूमा गरिसकेको प्रमुख आयुक्त थपलियाको भनाई थियो । सो योजनाले आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार, संविधान र कानून बमोजिम राजनीतिक दल दर्ता र नियमनको व्यवस्थापन र निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्यको अभिवृद्धिलाई समेटेको छ ।
आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र जिल्लामा उपनिर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आचारसंहिता अनुगमन समिति पनि गठन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेसम्म आचारसंहिता उल्लङ्घनका उल्लेख्य गुनासो नआएको र निर्वाचन प्रचारप्रसारका क्रममा कुनै घटनाहरु नघटेको जानकारी दिए ।
सुरक्षा प्रबन्ध आयोगको प्रमुख प्राथमिकतामा रहेको बताउँदै उनले निर्वाचन आयुक्तको नेतृत्वमा आयोगमा उच्चस्तरीय सुरक्षा समन्वय समिति रहेको जानकारी गराए । त्यसैगरी आयोगले मतदानका दिन बिभिन्न मतदान केन्द्रमा पुगेर मतदान प्रकृयाको अवलोकन गर्न पनि कुटनीतिक समूदायलाई आह्वान गरेको छ ।
चार पर्यवेक्षक संस्थालाई पर्यवेक्षको अनुमति
आयोगले ४ वटा राष्ट्रिय पर्यबेक्षक संस्थालाई पर्यवेक्षण गर्न पनि अनुमति दिएको छ । कार्यक्रममा यूरोपियन यूनियनका राजदूत (Veronica Cody ) ले आयोगबाट उपनिर्वाचन तयारी सम्बन्धमा गरिएको समग्र, तयारी, मतदाता शिक्षा कार्यक्रम, सुरक्षा व्यवस्थापन लगायतका कार्यहरुको प्रशसा गरेका थिए ।
कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा कुटनीतिक समूदायबाट समेत सहयोग र सहकार्यको अपेक्षा रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा