न्यायाधीश सिफारिसप्रति थारु कानुन व्यावसायीको आपत्ति

काठमाडौं– न्याय परिषदले उच्च अदालमा रिक्त रहेका १५ न्यायाधीश सिफारिस गरेकोप्रति थारु कानून व्यावसायी सभाले आपत्ति जनाएको छ । सभाका महासचिव श्रवणकुमार चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । ‘न्यायपरिषद्ले १५ जना न्यायाधीश सिफारिस भएकोमा नेपालको संविधानको प्रस्तावना, संविधानको धारा ४२ (२)तथा न्याय परिषद् ऐनको दफा ५ साथै सर्वोच्च अदालतको फैसला आदेश ( रिट न.०७३(wo)०२७३ रिट निवेदक शान्ति मोदीको निवेदनको मर्म र भावना विपरीत छ’ विज्ञप्तिमा भनिएको छ ।
यसका साथै कानुन व्यावसायी सभाले न्याय परिषद्को निर्णय समावेशी, समानुपातिक सिद्धान्तको विपरीत गरेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । यसअघि बुधबार परिषद् बैठकले जिल्ला अदालतका न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयबाट एकजना र कानुन व्यवसायीबाट आठ जनाको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित