मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट (भिडियो)

बिहीबार, ०५ मङ्सिर २०७६, १४ : ३१
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । बिहिबार बिहान गोर्कण बिष्ट श्रम तथा रोजगार मन्त्रालय पुगे । उनी यसअघिको मन्त्रीको हैसियतमा नभई पूर्वमन्त्रीको हैसियतमा नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका थिए । हिजो मात्रै उनको मन्त्री पद खोसिएको थियो । मन्त्रालयमा केहीबेर उनले आफ्नो कार्यकालमा मन्त्रालयमा गरेका कामको बारे उल्लेख गरे । 

नवनियुक्त मन्त्री यादवलाई स्वागत र सफल कार्यकालको शुभकामना दिएर उनी आफ्ना सहयोगीसहित पैदल सिंहदरबार गेट बाहिर आए । उनका शुभचिन्तकहरुले अलि नराम्रो लाग्यो भन्दै विष्टसँग गुनासो पोखिरहेका थिए । विष्टले यो स्वभाविक प्रक्रिया भएको उल्लेख गरे । सडक छेउमा शुभचिन्तकसँग कुरा गर्दैै ट्याक्सी पर्खिएका विष्टले बा २ ज ५६७६ नम्बरको ट्याक्सी रोके ।  हात हल्लाउँदै ट्याक्सी चढेर माइतिघरतर्फ लागे ।

मन्त्रालयमा गरिएको स्वागत कार्यक्रममा निवर्तमान मन्त्री विष्टले मन्त्री यादवलाई स्वागत गर्दै यूवा र रोजगारीको क्षेत्रमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै आफूले सकेसम्म राम्रो काम गरेको बताए । आफ्नो कार्यकालमा काम गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै उनले आफु थप उर्जाका साथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया समेत दिए । उनले आफू मन्त्रालय बाहिर पनि थप क्रियाशील रहने बताए ।  

आफ्नो कार्यकालमा जापानमा रोजगारीको ढोका खोलेको, बैदेशिक रोजगारीमा रहेका श्रमिकको हक हितका लागि काम गरेको, विदेशमा घाइते, अंगभंग भएका श्रमिकको उद्धार गरेको उल्लेख गरे । रोजगार सम्बन्धी ऐन, सम्पूर्ण स्थानीय तहमा रोजगार सिर्जना केन्द्र स्थापना, स्वदेशमा १ लाख ८७ हजारलाई रोजगारी सिर्जना गर्ने काम गरेको बताएका थिए ।  श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा ल्याउन सफल भएको र १ लाख १५ हजार श्रमिक सूचिकृत भएको उल्लेख गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप