भौतिक पूर्वाधार मन्त्रालयमा नयाँमन्त्री र निवर्तमान मन्त्रीको एकसाथ स्वागत र बिदाइ
बिहीबार, ०५ मङ्सिर २०७६, १४ : ०५

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नियुक्त भएर आएका बसन्तकुमार नेम्वाङको स्वागत गरिएको छ । यस्तै निवर्तमान मन्त्री रघुवीर महासेठलाई बिदाइ गरिएको छ ।
नयाँ मन्त्रीको स्वागत र निवर्तमान मन्त्रीको बिदाइ एकैसाथ गरिएको हो ।
मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मन्तव्य राख्दै निवर्तमान मन्त्रीलाई धन्यवाद र नयाँलाई स्वागत गरेका थिए ।
सो क्रममा निवर्तमान मन्त्री महासेठले २० महिना काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिए ।
उनले आफू असफल मन्त्री नभै सफल मन्त्री भएर बिदाइ भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार