द्वन्द्व पीडितहरुको काठमाडौँमा सरकारविरुद्ध प्रर्दशन
काठमाडौँ । द्वन्द्व पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विस्तृत शान्ति सम्झौता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रदर्शनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडिकमाथि कडा कारबाही गर्न सरकारलाई पुनः दवाव पनि दिए ।
द्वन्द्व पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले द्वन्द्वकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै १३ वर्ष पछि पनि विरोध प्रर्दशनमा उत्रनु परेको बताए ।
उनले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।
द्वन्द्व पीडितहरुले यातना पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् ।
१३ वर्ष वितिसक्दा पनि सरकारले न्याय नदिएकोमा द्वन्द्व पीडितहरुको आपत्ति छ । उनीहरुले वेपत्ता आफन्तको स्थिति तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराएका छन । अध्यक्ष चौधरीले द्वन्द्व पीडितहरुको न्यायका लागि गठन गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोग गठन प्रक्रियामा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन