बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्स, काठमाडौंबाट सिधै चाङ्सा उडान

बिहीबार, ०५ मङ्सिर २०७६, १२ : ५०
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं– हिमालय एयरलाइन्स, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम काठमाडौंदेखि चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । 

चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । एयरलाइन्सले नेपाल भ्रमण बर्ष २०२० सुरु हुन अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवर्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । 

गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक बर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । 

हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो । 

उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । 

आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ ।

एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने,  ‘चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिनका निम्ति बेइजिङ र गुइयाङबाहेक पनि चीनका अन्य शहरहरुमा काठमाडौंले अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको हामीले विश्वास गरेका छौं । 

नेपाल–चीनको सञ्जाललाई अझ सुदृढ बनाउन चीनमा अझ अर्काे नयाँ रुट थप गर्न पाएकोमा हामी एकदमै खुसी छौं । यसरी नयाँ रुटहरु थप गरेर हाम्रो ट्रान्स(बोर्डर सञ्जाललाई गहन बनाउँदै नेपाल र चीन दुवै देशका व्यावसायिक तथा भ्रमणमा आउने यात्रुहरुका लागि महत्वपूर्ण विकल्पहरु उपलब्ध गराइएको छ ।’

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । 

सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो । 

सन् २०१९ (जनवरी देखि अक्टुबरसम्म)को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पुर्याउने विश्वास र आशा राखेको छ । 

अध्यक्ष जोउ इन्योङले भने, ‘पूर्ववत् बेइजिङसँगै हामीले चीनको गुइयाङ र चाङ्समा उडानको थालनी गरेर चीनमा हाम्रो उपस्थितिलाई अझै व्यापक बनाएका छौं । अब यात्रुहरुका लागि नेपाल चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरु हिमालय एयरलाइन्स्को सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरु मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट बार्षिक उडान तालिकाहरु उपलब्ध गराएको छ ।’

काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउँनेछ भन्नेमा हिमालय एअरलाइन्स आशा गर्दछ । 

हिमालय एअरलाईन्स् 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो ।

‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उ“चो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । 

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्सले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । 

एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङ्गलाई आफ्नो सञ्जालमा जोडेको छ । 

अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङ्गमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स हिमालय 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप