पदभार ग्रहण गर्दै नवनियुक्त कृषिमन्त्री भुसालले भने–म लोभ र डरमा काम गर्दिनँ
बिहीबार, ०५ मङ्सिर २०७६, १२ : ४३
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले लोभ र डरमा काम नगर्ने बताएका छन् । भुसालले आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने गर्ने पनि प्रतिबद्धता जनाए ।
बिहीबार कृषिमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’

उनलाई मन्त्रालयमा बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि पुगेका थिए । सो क्रममा खनालले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
भुसालले निवर्तमान कृषिमन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने पनि बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण