बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानकी सौतेनी आमा हेलेनले सलिम खानसँग विवाह त गरिन् तर यसकारण कहिल्यै बनिनन् आमा

बिहीबार, ०५ मङ्सिर २०७६, ११ : ४४
बिहीबार, ०५ मङ्सिर २०७६

एउटा यस्तो समय थियो जब बलिउडको अर्थ दमदार हिरो र शक्तिशाली भिलेन नै हुने गर्दथे, त्यो समयमा इन्ट्रि भइन् हेलेन । एउटा यस्ती डान्सर जसले आफूलाई ५० को दशकको फिल्ममा महत्वपूर्ण हिस्सा बनाइन् । आज हेलेन आफ्नो ८१ औं जन्मदिन मनाइरहेकी छिन् । बर्माअघि कोलकाता र त्यसपछि मुम्बई पुगेकी हेलेनको जीवनमा थुप्रै उतारचढाव थिए । हेलेनले पहिलो विवाह आफूभन्दा २७ वर्ष जेठा निर्देशक एनपी अरोडासँग गरिन् तर आफ्नो ३५ औं जन्मदिनमा उक्त विवाह तोडिन् । त्यसपछि उनको जीवनले एउटा नयाँ मोड लियो र उनको लेखक सलिम खानसँग प्रेम बस्यो । तर हेलेन र सलिमको यो प्रेमकथा आज परिवारको तस्बिर हेर्दा जति राम्रो र सहज देखिन्छ, त्यस्तो भने थिएन ।

खान परिवारमा देखिन्छ प्रेमः

सलिम खानका दुई श्रीमती र बालबच्चा धेरैजसो सँगसँगै हाँसिरहेको घुमिरहेको देखिन्छन् । थुप्रैपटक सलमान खानले आफ्नी सौतेनी आमा हेलेनलाई हात समातिरहेको पनि देख्न सकिन्छ तर मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सलिम खान र हेलेनको सम्बन्धलाई जब स्विकारोक्ति दिनु थियो तब सलिम खानका सन्तान अर्थात् सलमान खान यो सम्बन्धका लागि तयार थिएनन् । सलमान खान, अरबाज खान, सोहेल खान र अलवीरा, सलिम र सलमा खानका सन्तान हुन् । वास्तवमा सलमा खानको वास्तविक नाम सुशिला हो र सन् १९६४ मा सलिमसँग विवाह गरेपछि सुशिला चरकले आफ्नो नाम सलमा खान राखिन् । तर सन् १९७५ पछि सलिम खानको जीवनमा हेलेनको एन्ट्री भइसकेको थियो ।

४ सय फिल्ममा समावेशः

बर्मामा बस्ने हेलेन रिचर्डसन गरिबीका कारण फिल्ममा ब्याकग्राउन्ड डान्सर बनिन् र त्यसपछि पर्दा अगाडि आइन् । त्यसपछि हेलेन बिस्तारै फिल्ममै छाइन् । करिब ४ सय फिल्ममा संलग्न भइसकेकी हेलेनले दुई फिल्मका लागि फिल्मफेयर अवार्ड पाएकी छिन् ।

सलिम हेलेनसँग नजिक भएपछि सलमा उनीहरुको सम्बन्ध स्विकार्ने पक्षमा थिइनन् । उनका चारैजना सन्तान आफ्नी आमाको पक्षमा थिए । तर समयसँथै हेलेनलाई यो परिवारले अपनायो र आज सलमान खान आफ्ना दुई आमालाई निकै प्रेम गर्छन् ।

त्यसकारण कहिले पनि बनिन् आमाः

भारतीय मिडिया दैनिक भास्करमा प्रकाशित सलिम खानको एक लेखमा उनले लेखेका छन्, ‘सलमान, सोहेल र अरबाजलाई लाग्यो कि उनीहरुले अर्की एक आमा पाएका छन् र हेलेनलाई लाग्यो कि उनले एक रेडिमेड परिवार पाएकी छिन् । त्यसकारण हामीले विवाहपछि बच्चाबारे केहिले पनि सोचेनौं । यसका साथै जुन उमेरमा हामी भेटेका थियौं त्यतिबेला हामी बच्चाबारे सोच्ने मानसिकतामा  पनि थिएनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप