ट्रोलिङको शिकार भइन् ऐश्वर्या र अभिषेक बच्चनकी छोरी आराध्या, कारण यो फोटो

सोसल मिडियाको जमानामा ट्रोलिङ सबैभन्दा ठूलो ट्रेन्ड बनिसकेको छ । बलिउड सेलिब्रिटी यसको सबैभन्दा बढी शिकार हुन्छन् । कहिले धेरै मेकअप गरेको भन्दै, कहिले पहिरनको लागि त कहिले हातमा गिलास समातेको भन्दै सेलिब्रिटीलाई ट्रोल गरिन्छ । अब यो ट्रोलिङको शिकार सेलिब्रिटीका बच्चाहरु पनि हुन थालेका छन् । यसपटक ट्रोलर्सले ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनलाई ट्रोल गरेका छन् ।
हालै ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको ८ औं जन्मदिन मनाए । यो पार्टीमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि उपस्थिती रह्यो । यद्यपि, अमिताभ बच्चनको घरमा भएको यो पार्टी पूर्ण रुपमा प्राइभेट थियो तर यो पार्टीका केही तस्बिर सार्वजनिक भएका छन् । यिनै तस्बिरमा देखिएकी आराध्यालाई अब सोसल मिडियामा ट्रोल गरिँदै छ र यसको कारण हो आराध्याको मेकअप ।
यी तस्बिरमा आराध्यालाई यति कम उमेरमा नै मेकअप गरेको भन्दै धेरैले ट्रोल गरेका छन् । बच्चालाई मेकअप किन गरेको भन्दै धेरैले आफ्नो असन्तुष्टि पोखेका छन् ।
आराध्या र ऐश्वर्यालाई ट्रोल गरिएको यो पहिलो पटक भने होइन । हरेक कार्यक्रममा आफ्नी आमासँग टाँस्सिएर बस्ने आराध्या र आफ्नी छोरीको हात नछोड्ने ऐश्वर्यालाई छोरीका लागि ओभर प्रोटेक्टिभ भएको भन्दै ट्रोल गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर : सांसद न्यौपाने
-
त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?
-
हेटौँडाबाट पेस्तोल, सुन र लागु औषधसहित ४ जना पक्राउ
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण