एमालेको सूर्य चिन्हमा चुनाव लडेका त्रिपाठीलाई छैटौँ वरियता, रामवीर पुछारमा !

काठमाडौँ । तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका हृदयेश त्रिपाठीले केपी शर्मा ओली नेतृत्वको क्याबिनेटमा छैटौँ वरियता पाएका छन् । यसअघि पटक पटक मन्त्री बनिसकेका उनी राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । उनले काँग्रेस उम्मेदवार देवकरण प्रसाद कलवारलाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो सिट सुरक्षित गरेका थिए ।
स्वतन्त्र हैसियतमा चुनाव लडेपछि उनी तत्कालीन एमाले र एकीकरणपछि नेकपामा प्रवेश गर्ने भनेर चर्चा हुँदै आएपनि प्रवेश भने हालसम्म गरेका छैनन् । बेलाबेला सरकारको कार्यशैलीको आलोचना समेत गर्दै आएका उनलाई ओलीले छैटौ वरियतासहित मन्त्री बनाएका हुन् । उनीमाथिको वरियतामा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्रीसहित मन्त्रीहरु रामबहादुर थापा, प्रदीप कुमार ज्ञवाली रहेका छन् ।
यस्तै नवनियुक्त मन्त्रीहरु घनश्याम भुसालको वरियता नवौँ, लेखराज भट्टको ११ औँ, रामेश्वर राय यादवको १४ औं, बसन्त कुमार नेम्वाङको २१ औँ र पार्वत गुरुङको २२ औं वरियता कायम गरिएको छ ।
यस्तै राज्यमन्त्री बनेकाहरु मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरको क्रमशः २३ औँ, २४ औँ र २५ औँ वरियता कायम गरिएको छ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित उनी ओली क्याबिनेटको अन्तिम वरियतामा रहेका छन् । उनले नेकपा नेता बामदेव गौतमलाई आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार भएका थिए । उनको सो निर्णयको विरोध हुनुका साथै वामदेवको पक्षमा प्रतिकूल माहोल देखिने भएपछि सो प्रकरण त्यसै सेलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध