शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल पुनर्गठनसँगै सरकार छाड्ने समाजवादी पार्टीको तयारी

बुधबार, ०४ मङ्सिर २०७६, २३ : ३०
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । 

आफूहरुसँग कुनै छलफल नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै सो पार्टी रुष्ट बनेको छ । समाजवादी पार्टीका एक नेताले आफ्नो पार्टीसँग कुनै छलफल नगरी ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै आपत्ति जनाए । 

ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा रहेका उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । उनको उपप्रधानमन्त्रीको जिम्मेवारी भने यथावत छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र चौधरीलाई हटाइएको छ । 
समाजपादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेका छन् । उनी दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने बारे निर्णय लिइने बताइएको छ।   

ओलीले बुधबार साँझ ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ जनाको नयाँ नियुक्ति गर्दै त्यतिनै संख्याका मन्त्री तथा राज्यमन्त्रीको बिदाइ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप