बोल्सोनारोद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी
रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ (पीएसएल) बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेका छन् ।
ब्राजिलको राष्ट्रपति हुन अबसर प्रदान गरेको ‘सोसल लिबरल पार्टी’बाट छुट्टिएर नयाँ राजनीतिक दल खोल्ने तयारी गर्नुभएको उनका निकट स्रोतहरूले बताएका ब्राजिलियाली सञ्चारमाध्यमले जनाएका छन् ।
बोल्सोनारो राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि उक्त पार्टीमा गत बर्ष जोडिएका थिए । तर उनी र पार्टी अध्यक्ष लुसियानो बिभरबीच केही महिनादेखि तनाब चर्किएको थियो । बोल्सोनारो र बिभरबीचको विवाद बढ्दै गएपछि राष्ट्रपतिले नयाँ दल खोल्ने तयारी गर्नुभएको बताइएको छ ।
ब्राजिलियाली राष्ट्रपतिले अलायन्स फर ब्राजिल नामक नयाँ पार्टी खोल्ने अनौपचारिक चर्चा भने यस पहिले नै आएका थिए । तर नयाँ दलको स्थापना भएको घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ । उक्त दलले आगामी मार्चसम्ममा राष्ट्रिय दलको रूपमा दर्ता प्रक्रियालाई पूरा गर्ने तयारी रहेको बताइएको छ ।
बोल्सोनारो अलग्एिपछि उक्त दलले एक भेला गरी बिभरलाई दलको सम्पूर्ण राजनीतिक नेतृत्व लिनेगरी जिम्मेवारी तोकेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?