भोजपुरमा एक महिलाको दुवै स्तन काटियो
बुधबार, ०४ मङ्सिर २०७६, २२ : २५
भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आज बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ ।
कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट