शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल पुनर्गठन, भोलि सपथ

बुधबार, ०४ मङ्सिर २०७६, २१ : ४६
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेको रातोपाटीलाई बताए । तर मन्त्रिमण्डलमा क–कसलाई समेटिएको हो भन्नेचाहिँ उनले खुलाएनन् । 

‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुको सूची राष्ट्रपति  कार्यालयमा पठाउनु भएको छ, भोलि सपथ तय भएको छ’, को–को मन्त्री भएको भन्नेचाहिँ मलाई जानकारीमा आइसकेको छैन । 

नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टा लामो बैठक बसेको थियो । 

बैठकमा सचिवालका सदस्यहरुको सुझावको आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ । 

मंगलबार नै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफू मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेको भन्दै यो मन्त्रिपरिषद्को अन्तिम बैठक भएको र बैठकमा सहभागी मन्त्रीहरुलाई धन्यवाद समेत दिएका थिए । 

सोही योजनाअनुसार प्रधानमन्त्रीले साँझसम्म सहमति जुटाएर मन्त्रिमण्डल पुनर्गठन  गरेका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप