केन्द्रीय संस्करण

थुनामुक्त गर्न सर्वोच्चको आदेश

person explore access_timeमंसिर ४, २०७६ chat_bubble_outline0

काठमाडौं । सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले आज टीकाप्रसाद कँडेल, विर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो । 

आदेशमा भनिएको छ, “निजहरुले कुनै पनि अशान्ति मच्चाउने खालको फौजदारी कसुर गरेको देखिँदैन, गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाइएको देखिँदा तत्काल थुनामुक्त गर्नु ।” 

गैरकानूनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गर्दै टीकाप्रसाद कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...