बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लामोसाँघु जिरी सडक खण्डमा बस दुर्घटना, १ जनाको मृत्यु

बुधबार, ०४ मङ्सिर २०७६, १९ : ३०
बुधबार, ०४ मङ्सिर २०७६

दोलखा । लामोसाँगु जिरी सडकखण्ड अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङगेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सडकमा  रोकिराखिएको बा ३ ख २९९७ नम्बरको बस व्याक भएर एक्कासी पल्टिँदा वैतेश्वर गाउँपालिका ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको हो । बस मिर्गेबाट काठमाडौतर्फ गइरहेको बताइएको छ । 

राजधानीबाट आवतजावत गर्ने सो सडकखण्ड विस्तारको काम २ वर्षदेखि अलपत्र हुँदा दुर्घटना हुने क्रम बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप