भँडेललाई समवेदना दिन पुगे प्रतिस्पर्धी ढकाल
भत्तपुर । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा मातृ शोक परेका नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सहितको टोलीले भेट गरी समवेदना प्रकट गरेको छ ।
भक्तपुर क्षेत्र क्षेत्र नं १, प्रदेश नं १ (क) का प्रदेशसभा सदस्य भँडेलको आमा सेतीमायाको गत १ गते निधन भएको थियो। शोकमा बसेका उम्मेदवार भँडेलको घरमा बुधबार पुगेका नेकपाका उम्मेदवार डिपी ढकाल, नेकपाका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र लगायतको नेकपाको टोलीले भँडेललाई भेट गरी दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे ।
त्यसैगरी नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशाङ्क कोइरालाले चाँगुनारायण पुगेर भँडेललाई भेट गरी दुःख व्यक्त गरेका थिए । उनीहरुले उपनिर्वाचनको बेलामा उम्मेदवारलाई मातृशोक पर्नुले उपनिर्वाचनलाई असर पार्न नहुने गरी उपनिर्वाचनमा लाग्नसमेत कार्यकर्तालाई निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
-
खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे