शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करको सदुपयोग गर्नु सरकारको दायित्व हो : मन्त्री राई

बुधबार, ०४ मङ्सिर २०७६, १८ : ४८
बुधबार, ०४ मङ्सिर २०७६

बाँके । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कालापानी र लिपुलेक नेपालको भू–भाग भएकाले सरकारले फिर्ता ल्याएरै छाड्ने बताएका छन् ।

बुधबार नेपालगञ्जमा भएको सिस्नुपानी नेपालको प्रस्तुति करमैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले करमैत्री वातावरण निर्माणका लागि वर्तमान सरकारले उद्योगी व्यवसायीसँग निरन्तर सहकार्य गर्दै आएको बताए ।

उनले कर तिर्नु सबै नागरिकको कर्तव्य भएकाले त्यसको सदुपयोग गर्नु सरकारको दायित्व रहेको बताए ।

मन्त्री राईले कूटनीतिक वार्ता र छलफलका माध्यमबाट कालापानी र लिपुलेक फिर्ता गरिने बताए ।

 कार्यक्रममा सिस्नुपानी नेपालको तर्फबाट हाँस्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नामे, शिशिर योगीलगायतले करको विषयसम्बन्धी विभिन्न व्यङ्ग्यात्मक रचना प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप