बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेराल्ड कलेजको पहिलो दिक्षान्त समारोहः विश्वका कुनैपनि देशको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्ने कलेजको दावी

बुधबार, ०४ मङ्सिर २०७६, १८ : ४६
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं– हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ । दिक्षान्त समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना बिद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरे ।

सन् २०१६को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ठ मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयले मेरिल्याण्ड कलेज विराटनगरलाई समेत सम्बन्धन दिएको छ ।  

दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सहकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । दिक्षीत हुने विद्यार्थीलाई बधाइ दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न सुझाव दिए । 

विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने गरेको  सहकुलपति टिचले बताए । उनले हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्ने बताए ।

उनले उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्य ९६ प्रतिशतले रोजगारी हासिल गरेको दावी गरे ।

हेराल्ड कलेज काठमाडौंले चार वर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट र तीन वर्षे बिएससी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ । 

दिक्षान्त समारोहमा विश्वविद्यालयका अन्तरदेशिय शिक्षा प्रमुख डा क्रिष्टोफर डेनेटले दिक्षीत विद्यार्थीलाई शुभकामना दिँदै विद्यार्थीले विश्वको कुनैपनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताए । 

आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौंको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए । 

उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । उनले उच्च शिक्षा अध्ययनको क्रममा विदेश गएपछि आफ्नै देशमा आएर श्रम गर्न आग्रह पनि गरे । अध्यक्ष बुढाथाकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे । 

अध्यक्ष बुढाथोकीले आइएनजी ग्रुपअन्तर्गत संचालित पाँच वटा कलेजले करिब पाँच सय युवालाई रोजगारी दिएको दावी गर्दै सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गरे ।

ती संस्थामा अध्ययनरत मध्य करिब ४ हजारले ग्र्याजुएट हासिल गरेको र ४ हजारको संख्यामा पूर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप