इन्धनको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी) ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । आइओसीले प्रत्येक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो ।
अहिले काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने