धितोपत्र बजार: परिसूचक ओरालो
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले घटेर २४८.६७ मा पुगेको छ ।
स्टकका अनुसार कुल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरिदबिक्री भएको छ । कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर उकालो लागेको छ । बैङ्किङ ०.५७ र व्यापार ३२.९९ अङ्कले बढ्दा होटल ६.६२, विकास बैङ्क २.३८, जलविद्युत् २.८१, वित्त ०.७७, निर्जीवन बीमा २४.२५, उत्पादन १६.५८, अन्य २.७१, लघुवित्त ३.४४, जीवन बीमा ३०.३७ र सामूहिक लगानी कोषको शेयर ०।०५ अङ्कले घटेको छ ।
कारोबार रकमका आधारमा एनएमबी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको शेयर रु ३ करोड ५४ लाख ९९ हजार ९५७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । यसैगरी नेपाल बैङ्कको रु २ करोड ६८ लाख ५५ हजार २५४, नविल बैङ्कको रु २ करोड १८ लाख ४० हजार ९५९, प्राइम कमर्शियल बैङ्कको रु १ करोड २२ लाख २२ हजार ३२४, प्रभु बैङ¬्कको रु ९८ लाख २९ हजार ४० र हिमालयन डिस्टिलरीको शेयर रु ८८ लाख १२ हजार २९२ मा खरिदबिक्री भए ।
परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ८.०२, माउन्टेन हाइड्रो नेपाल ६.४९, जोशी हाइड्रोपावर डेभलपमेन्ट ५.२६ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाए ।
यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले ६.६६ प्रतिशतले गुमाउँदा तारागाँउ रिजेन्सी होटल लिमिटेड ४.०५, नविल समृद्धि फण्ड¬–१ को ३.८५, खानीखोला हाइड्रोपावर ३.८४, नेशनल हाइड्रो पावर कम्पनी ३.८४ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन
-
ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
-
बागमतीको प्रमुख सचिवमा कार्कीलाई मुकरर
-
वैशाख १५ गतेदेखि अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
तीन सहसचिव सचिवमा बढुवा