‘लभ यू हमेशा’ गीत : रोमान्टिक देखिए सुरज र ऋचा
बुधबार, ०४ मङ्सिर २०७६, १८ : १६
काठमाडौं । ‘लभ यू हमेशा’ मंसिर १३ बाट देशभर प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यसको प्रचार समेत आक्रमक बनाएको छ ।
प्रचारकै क्रममा ‘लभ यू हमेशा’ को रोमान्टिम गीत ‘यो हावा किन चल्छ’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुरज गहतराज र ऋचा थापा देखिएका छन् ।
गीतमा सुरज र ऋचा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा मेलिना राई र सुधिर राईको स्वर तथा भासुको शब्द संगीत रहेको छ । भाष्कर प्रधानको निर्देशनमा बनेको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन । शिव ढकालको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा सुरज र ऋचासँगै शिशिर राणा, गोपाल नेपाल लगायत कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित