बेरोजगारी समस्या समाधान सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पारे ।
बुधबारबाट काठमाडौंमा सूरु भएको ‘युनि ग्लोबल युनियन एशीया तथा प्यासिफिक रिजन’ को ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले गरिवी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यामबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भएपनि उत्पादनमुलक उद्योग संचालनको कामलाई जोड दिएको पनि स्पष्ट पारे । उनले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको पनि बताए ।
गरिवी, बेरोजगारी, भोकमरी विश्वमा बढदै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा