नेपाल प्रहरीमा भनसुन चल्दैन : सर्वेन्द्र खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे ।
बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकिलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकिलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए । उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे ।
बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने