केन्द्रीय संस्करण
समाचार

उपसभामुखले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार

person explore access_timeमंसिर ४, २०७६ chat_bubble_outline0

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ । 

बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए ।

 तर ओलीको प्रस्ताव तुम्बाहाम्फेले अस्वीकार गर्दै निर्वाचित पदाधिकारी हुँदाहुँदै संसद खाली गर्नुनहुने जवाफ दिएकी थिइन् । प्रधानमन्त्रीसँगको छलफलमा उनले जनप्रतिनिधि भएको अवस्थामा संसदको नेतृत्व नै खाली गर्नु उचित नहुने भन्दै विकल्पमा जान सुझाएकी थिइन् । 

आफूलाई मन्त्री बन्न प्रस्ताव आएको स्वीकार गर्दै उनले रातोपाटीसँग भनिन् ‘म आज मन्त्रीको सपथ लिन्नँ, यत्ति कुरा बुझ्नुहोस् ।’ 

प्रधानमन्त्री केपी ओली उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर उनको स्थानमा अरु नेतालाई ल्याउने मनस्थितिमा रहेका थिए । तर उनले उपसभामुखबाट राजीनामा नदिने अडान राखेपछि ओली अफ्ठ्याराेमा परेका छन् ।
 
तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि दुव्र्यवहार प्रकरणमा मुछिएपछि उनले सभामुखमा दाबी गर्दै आएकी थिइन् । उनको दाबीलाई सत्तारुढ नेकपाको नेतृत्वले स्वीकार गर्न सकिरहेको थिएन  ।

उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले फकाउने प्रयास भने जारी राखेको छ । 

तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सिमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने जिकिर गर्दै आएकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.