शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनिलको नयाँ कौरा गीत ‘जाम क्यारे माया’

बुधबार, ०४ मङ्सिर २०७६, १४ : १८
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । चर्चित गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ सार्वजनिक भएको छ । गीत भिडियोसहित सार्वजनिक भएको हो । 

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतको भिडियोकमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवायुवतीको ब्यङ्ग्यात्मक शैलीलाई देखाउन खोजिएको छ । 

भिडियोमा सुनिल स्वयंम र मोडल उर्मिला गुरुङका साथ देखिएका छन् । मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायाँकन रहेको भिडियो पवन सिम्खडाले सम्पादन गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप