श्रीलङ्काका प्रधानमन्त्रीको राजिनामा दिने तयारी
एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन् । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गरेका हुन् ।
नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन उनले राजिनामा दिन लाग्नु भएको श्रीलङ्काको दैनिक पत्रिका डेलि मिररले लेखेको छ । राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको समाचारमा जनाइएको छ । स्थानीय समयानुसार बुधबार दिउसो ४ बजे बस्ने मन्त्रीपरिषद्को विषेश बैठकपछि उनले पद त्यागको घोषणा गर्नुहुने श्रीलङ्का दैनिकले लेखेको छ ।
विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्री परिषद् गठन गर्ने जनाइएको छ । सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।
युनाइडेट नेस्नल पार्टी (युडीपी) का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् । पराजित हुनुभएका प्रेमादास भने ५३ बर्षको रहेका छन् ।
नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो । आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका थिए। राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति भएका छन् ।
यसअघि उनको परिवारबाट उनका दाई महिन्दा राजापाक्षे राष्ट्रपति बनेका थिए। उनले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रुपमा देशको नेतृत्व गरेका थिए । –एएनआई/Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन