शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

बुधबार, ०४ मङ्सिर २०७६, १३ : ३९
बुधबार, ०४ मङ्सिर २०७६

एजेन्सी । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ  ।  हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ । 

अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् । यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको  यस  हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् । 

तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकूहरुको आखाडा आक्रमण गर्न खोजेका बताएका छन्  । सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेनाको मारिनुको साथै अन्य छ घाइते भएका थिए । –सिन्हवा/Photo: nypost.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप