नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : भक्तपुर नगरपालिका

भक्तपुर । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण गर्न वरिपरि पर्खाल लगाएर ताल्चा मारेको विज्ञप्तिमा उल्लेख छ । नेपाल ट्रष्टको जग्गाको गेटमा नगरपालिकाले लगाएको ताल्चा फुटाएर फ्याँकेको सूचना प्राप्त भएपछि सोही ठाउँमा बसेका एक व्यक्तिलाई सोधपुछका लागि नगरपालिका ल्याएको र प्रहरी प्रशासनबाट ती व्यक्ति ट्रष्टबाट खटाइएको भन्ने जानकारी आएपछि फर्काइएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले उक्त जग्गा स्वामित्वमा लिन खोजेको नभई संरक्षण मात्रै गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री लामा
-
प्रहरी स्टाफ कलेज विवाद : चैत ४ मा दुवै पक्षलाई छलफलमा बोलाउने सर्वोच्चको आदेश
-
शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न केसीको माग
-
सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
-
समातिए फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्ते
-
पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक भएको सचिवालयको दाबी