
सन्दकपुर गाउँ पुगेर रोमान्टिक बने पुजा र पल

काठमाडौँ । ‘म यस्तो गीत गाउँछु २’ अहिले सुटिङ भइरहेको फिल्म हो । फिल्मको यतिबेला नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी पाँचथर आसपासका स्थानमा भइरहेको छ ।
फागुन २३ गते प्रदर्शन मिती तोकेर छायाँकनमा निस्किएको यो फिल्मको छायाँकन समयको केही तस्बिर अहिले सार्वजनिक भएको छ । तस्बिरमा अभिनेता पल शाह र पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् ।
तस्बिर फिल्म भित्र रहने ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सुटिङको हो । जसको छायाँकन हालै सात दिन लगाएर गरिएके छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा गीतको छायाँकन गरिएको शो ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन् ।
लवस्टोरी फिल्म बनाउन खप्पिस निर्देशक सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा पुजा र पलको अलवा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ ।
शिवम् अधिकारीको लेखन रहेको फिल्मको यो गीत छिट्दै सार्वजनिक गर्ने निर्देशक थापाले बताए ।
प्रेमकथाको बिषयमा निर्माण भएको यो फिल्म ‘म यस्तो गाउछु’को सिक्वेलको रुपमा बन्न लागेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ