शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगन्जमा काँग्रेस सांसद र नगर सभापतिबीच कुटाकुट

बुधबार, ०४ मङ्सिर २०७६, १२ : १८
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ ।  नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ । 

बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच कुटाकुट भएको हो ।

 नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले रातोपाटीलाई जानकारी दिए ।

नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए ।

उनले भने, ‘जनप्रतिनिधिका रुपमा मैले त्यसको विरोध गर्दै आएको थिएँ । आज विहान नगर सभापतिले २०–२२ जनासहित ममाथि आक्रमण गर्नु भयो । त्यसको प्रतिकार गर्दा लफडा भएको हो ।’ 

कलवारको बदमासीबारे यसअघि नै पार्टी सभापति समेतललाई जानकारी गराएको सांसद शर्माले बताए ।

यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको रातोपाटीलाई प्रतिक्रिया दिए । 

उनले भने, ‘जनप्रतिनिधिले जे पायो त्यही बोल्न मिल्छ ?  गालि गलोजमा उत्रिएपछि लफडा भएको हो । उनको टाउको र नाकमा चोट लागेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप