सन् २०४४ सम्म आर्कटिक महासागरका सबै हिँउ पग्लिनेछ : अध्ययन
एजेन्सी । मानवीय गतिविधिका कारण सिर्जित जलवायु परिवर्तनले आर्कटिक महासागरको बरफ पुरै पग्लिने अवस्था आएको छ । अध्ययनका अनुसार मानव जातिको विकास भएदेखि आर्कटिकको बरफ कहिले पनि पूर्ण रुपमा पग्लिएको वर्ष छैन ।
तर अब वर्षका कयैन महिना महासागर पूर्ण रुपम बरफ विहिन हुने समय आउँदैछ । आर्टिक महासागरमा वर्षका विभिन्न समयमा बरफको विस्तार र संकुचनको प्रक्रिया चलिरहने गर्छ । प्रत्येक वर्ष सेप्टेम्बरमा आर्कटिकको बरफ सबैभन्दा कम हुने गर्छ । सेप्टेम्बरपछि बरफ पुनः जम्न थाल्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया–लस एन्सेल्जका अनुसन्धानकर्ताले सन् १९७९ यता भू–उपग्रहीय अवलोकनमा आर्कटिक क्षेत्रको बरफ प्रत्येक दश वर्षमा १३ प्रतिशतले ह्रास आएको पाए ।
वैज्ञानिकका अलग अलग समूहले तथ्याकंहरुहरुको प्रयोग गरेर आर्कटिकको बरफ कहिलेसम्म नष्ट हुने पूर्वानुमान गर्ने विभिन्न मोडेल विकास गरेका छन् । तथापि ती मोडेलहरुको पूर्वानुमानहरुमा निक्कै भिन्नता देखिन्छ ।
आर्कटिक सागरको बरफ नष्ट हुने मितीबारेमा बनाइएका मोडलमा आर्टिक महासागरको कम्तिमा सन् २०२६ देखि सन् २,१३२ मा नष्ट हुने पूर्वानुमान देखिन्छ ।
नयाँ अध्ययनले भने विद्यमान सम्पूर्ण मोडेललाई तुलनात्मक अध्ययन गरेको हो । उक्त अध्ययनका मुख्य लेखक चाँद ठाकरेले मोडेलहरुमा हिउँ पग्लिने समयको मिती अलग आउनुको कारण व्याख्या गर्दै भने ,‘ अध्ययनकर्ताहरुले समुन्द्री बरफ र समुन्द्रले परावर्तन गराउने प्रकाशको भिन्नतालाई कत्तिको ख्याल गर्छन् त्यसले मितिमा धेरै फरक पार्छ ।’
समुन्द्र बरफ र समुन्द्री बरफ पूर्ण रुपमा पग्लेको महासागरको भागले प्रकाशलाई फरक फरक परिणाममा परावर्तन गराउँछ । समुन्द्री सतहले पहिलेभन्दा बढी सूर्यको प्रकाश सोस्ने गर्छ ।
यसरी समुन्द्री सतहले थप प्रकाश सोस्दा बरफ पग्लने कृया थप वृद्धि हुन्छ । यो चक्रले समुन्द्रको न्यानोपन थप बढाउँछ । यही प्रक्रियापछि आर्कटिक बरफ पग्लिने प्रक्रिया थप तीव्र हुन्छ ।
अध्ययनका मुख्य लेखक ठाकरे र सह–लेखक एलेक्सले अध्ययनको क्रममा आर्टिक महासागरको बरफ पग्लाईबारे तयार भएका २३ मोडलहरुलाई लिएका थिए ।
सन् १९८० र सन् २०१५ बीच तयार परिएका ती पूर्वानुमान मोडलहरुलाई तिनले भूउपग्रहिय अवलोकनसँग तुलना गरे ।
तिनको मूल्याकंनका क्रममा ६ यस्ता मोडलहरु भेटे जसले इतिहासमा पूर्वानुमान मिलाएको देखियो ।
‘आर्टिक समुन्द्रका बरफको अत्यन्त परावर्तनीय स्वभावका कारण यो हाम्रो ग्रहीय प्रणालीको प्रमुख तत्व हो । यसले विश्वव्यापी जलवायुलाई तुलनात्मक रुपमा चिसो राख्छ ,’ ठाकरेले भने ।
अनुसन्धाकर्ताहरुका अनुसार बरफ नष्ट हुनुको अन्य वातावरणीय र आर्थिक प्रभाव पनि हुनेछ ।
समुन्द्री बरफ आर्टिक पर्यावरणको लागि महत्वपूर्ण रहेको छ । त्यस्तै त्यो पर्यावरणमा निर्भर रहने माछापालन उद्योग र आदीवासी जनताको लागि पनि यो महत्त्वपूर्ण छ ।
तर आर्टिक बरफ पग्लेपछिको अवस्थामा केही राष्ट्रले भने समुन्द्रलाई जल पारवाहन र ग्यास उत्खनन्को लागि प्रयोग गर्न सक्छन् , जुन आर्थिक रुपमा निक्कै लाभदायी हुनेछ ।
तथापि, त्यसले हरितगृह ग्यास र जलवायु परिवर्तनको असरलाई थप वृद्धि गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव