राष्ट्रपतिलाई भेट्न पुगे ओली–प्रचण्ड
बुधबार, ०४ मङ्सिर २०७६, ११ : १६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीसँग ओली र प्रचण्डले भेट गरेको जानकारी दिए ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै बुधबार केहिबेरअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेटेका हुन् ।
बालुवाटारमा भेटवार्तापछि दुई नेता शीतलनिवास गएका थिए ।
प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरबारे ब्रिफिङ गरेका थिए ।
उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो