मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा निर्माण व्यवसायीको विरोध प्रर्दशन

बुधबार, ०४ मङ्सिर २०७६, १० : ५५
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौँ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधन गर्न माग गर्दै राजधानीमा प्रर्दशन गरेका छन् । 

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो । सावजनिक खरिद आठौँ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् ।

 ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश पोखे । सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौता अनुसारको कानुनी कारवाही भोग्न आफूहरु तयार रहेको पनि उनीहरुले बताए ।

व्यवसायीहरु माईतीघर मण्डला देखि थापाथली त्रिपुरेश्वर हुदै युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए ।

 बुधबार र विहिबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप