१७ वर्षीया पूजा चार दिनदेखि बेपत्ता

बुटवल । गुल्मीको ईस्मा गाउँपालिकाकी १७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बेपत्ता भएकी छन् ।
ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी उनी मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी बुटवल जाने बस चढेर तम्घाससम्म आएको देख्ने स्थानीय एकजना पाका पुरुष छन् ।
पूजासँगै ईस्माबाट बसमा आएका उनका छिमेकी ती पुरुषले तम्घासको उदिनढुंगामा रहेको सिर्जना होटलमा ओर्लन र खाना खाएर जान भनेका थिए । तर पुजाले ‘म पर ओर्लिन्छु’ भन्दै त्यहाँ ओर्लिन नमानेको उनको भनाइ छ ।
त्यसपछि पूजालाई तम्घासमा देख्ने कोही भेटिएका छैनन् ।
पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायणप्रसाद बताउँछन् ।
दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन् । उनका परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि जाहेरी दिएको बताइएको छ ।
उनी सोही बसमा बुटवलतर्फ गएको हुन सक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना