शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेल्जियमको गोल वर्षा

बुधबार, ०४ मङ्सिर २०७६, ०८ : ५५
बुधबार, ०४ मङ्सिर २०७६

एजेन्सी । सन् २०२० को युरोकपमा स्थान बनाइसकेको बेल्जियमले समूह चरणको अन्तिम खेलमा साइप्रसमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई ६–१ गोलले हरायो ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेकेले १६ औँ र ६८ औँ तथा केभिन डि ब्रुयनले ३६ औँ र ४१ औँ मिनेटमा दुई दुई गोल गरे । यानिक कारास्कोले ४४ औँ मिनेटमा एक गोल गरेका थिए । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । साइप्रसका निकोलस नोलयले १४ औँ मिनेटमा गोल गरेका थिए । युरोकप छनोटको समूह ‘आई’ मा रहेको बेल्जियमले शतप्रतिशत जित निकाल्दै छनोट यात्रा तय गरेको हो ।

जितसँगै बेल्जियमले १० खेलबाट ३० अंक बनायो । यस समूहबाट उपविजेता बन्दै रुसले पनि युरोकपमा स्थान बनाएको छ । मङ्गलबार राति भएको खेलमा रुसले सान मारिनोलाई ५–० गोलले हरायो । जितसँगै रुसले १० खेलबाद्ध २४ अङ्क बनायो । यही समूहको अर्को खेलमा स्कटल्यान्डले काजकस्तानलाई ३–१ गोलले हराउँदै युरोकप छनोटको सुखद् अन्य गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप