शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोटनह्यामद्वारा पोचेटिन्हो बर्खास्त, मोरिन्हो आउने चर्चा

बुधबार, ०४ मङ्सिर २०७६, ०७ : ५६
बुधबार, ०४ मङ्सिर २०७६

एजेन्सी । प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सले  माउरिसियो पोचेटिन्होलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ ।

यो सिजन खराब सुरुवात गरेपछि पाँच वर्ष क्लबमा बिताएका ४७ वर्षीय पोचेटिन्होलाई क्लबले बर्खास्त गरेको हो । स्पर्स अहिले लिगको १४ औँ स्थानमा सिमित रहेको छ ।

सन् २०१४ को मेमा क्लबको म्यानेजरमा नियुक्त भएका पोचेटिन्होले क्लबलाई गत सिजन च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए । फाइनलमा भने क्लब लिभरपुलसँग पराजित हुन पुगेको थियो ।

पोचेटिन्होसँगै एसिस्टेन्ट जिसस पेरेज र प्रशिक्षक मिगुएल डी’एगोस्टिन्हो र एन्टोनियो जिमिनेजले पनि क्लब छाडेका छन् ।

पोचेटिन्होको बाहिरिगमनसँगै म्यान्चेस्टर युनाइटेड र चेल्सीका पूर्व म्यानेजर जोसे मोरिन्हो क्लबमा भित्रने चर्चा शुरु भएको छ । क्लबले मोरिन्होसँग यसबारे छलफल शुरु गरिसकेको बताइएको छ ।

पोर्चुगिज म्यानेजर सन् २०१८ को डिसेम्बरमा युनाइटेडले बर्खास्त गरेदेखि कामविहीन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप