शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

बुधबार, ०४ मङ्सिर २०७६, ०७ : ११
बुधबार, ०४ मङ्सिर २०७६

नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ । 

उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरुपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो । अघिल्लो बैठक भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो । 

सो बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नेछन् । बैठक तीन दिनसम्म चल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप