शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतबीचको सीमा सुरक्षा बैठक पोखरामा हुँदै

मङ्गलबार, ०३ मङ्सिर २०७६, २२ : ४७
मङ्गलबार, ०३ मङ्सिर २०७६

कास्की । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराए । यो नियमित वार्षिक बैठक रहेको उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप