बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसुन्धराबाट प्रहरीलाई ५० हजार घुस दिने होटल सञ्चालक महिला पक्राउ

मङ्गलबार, ०३ मङ्सिर २०७६, २२ : १०
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका  ५ बसुन्धरास्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले छापा मारी चेकजाँच गर्ने क्रममा प्रहरीलाई प्रलोभनमा पारी घुस दिन खोज्ने एक महिलालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले अवैध कृयाकलाप हुँदैछ भने सूचनाको आधारमा गएको प्रहरी टोलीलाई नगद ५० हजार घुस दिन खोज्ने महिलाई पक्राउ गरिएको बताए । डिएसपी लम्सालले भने, ‘‘उक्त होटल कि सञ्चालिका उदयपुरगढी गाउँपालिका ८ घर भइ टोखा बस्ने बर्ष ४० कि सोममाया राईलाई आवश्यक  कानुनी प्रक्रिया पुर्याइ थप कानुनी कारवाहिको लागि अख्तियार  दुरुप्रयोग अनुसन्धान आयोगमा पठाएको छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप